नेपाल ट्रान्जिट भएर तेस्रो मुलुकमा यात्रा गर्न पाउने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 04:52:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणका कारण नेपालमा ट्रान्जिट गरेर तेस्रो मुलुकमा जान लाग्दै आएको प्रतिबन्ध हटेको छ । गृह मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैंठकले विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुकमा जान लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

यसअघि, सरकारले २०७८ वैशाख १३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो । 

नेपालमा ट्रान्जिट गरेर तेस्रो मुलुकमा जान लाग्दै आएको प्रतिबन्ध हटेपछि पर्यटन क्षेत्रमा उत्साह थपिएको छ । पर्यटन व्यवसायीहरुले यो प्रतिवन्ध हटाउन माग गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved