जजिराले गौतमबुद्ध विमानस्थलबाट अब दैनिक उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 01:28:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जजिरा एयरवेजले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अब दैनिक उडान सुरु गरेको छ । जजिराले आगामी भदौ ३१ गतेबाट कुबेतका लागि दैनिक उडान गर्ने भएको हो । 

हाल सातामा ३ उडान गर्दै आएको जजिराले अब भने सातामा सातै दिन उडान गर्ने भएको हो । 

हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार उडान गरिरहेको छ । 

चाडपर्व नजिकिएकाले यात्रुको संख्या बढेकाले उडान संख्या पनि थप गरिएको एयरवेजले जनाएको छ । 

जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हाल जजिराले मात्रै अन्तराष्ट्रिय उडान गरिरहेको छ । केही दिन अघि हिमालयन एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved