नेपाल एयरलाइन्सको जहाजले पांग्रा सापटी लियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 06:42:44 PM मा प्रकाशित

laxmi  sunrise bank

पांग्रा पन्चर भएर दिल्लीमा ग्राउडेड रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पांग्रा सापटी मागेर फर्किएका छ । बिहिबारदेखि दिल्लीमा रहेको निगमको जहाज शुक्रबार अपरान्ह ५ः५० को समयमा काठमाडौँ आइपुगेको हो । 

कतार एयरवेजले जगेडामा राखेको २ वटा पांग्रा एक दिनका लागि सापटीमा दिएपछि निगमको वाइडबडी काठमाडौँ फर्किएको हो । 

जहाजको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चार वटा पांग्राको व्हिल–एसेम्ब्ली पन्चर भएको थियो । यसपछि कतार एयरवेजसँग भाडा तिर्ने सर्तमा पांग्रा सापटी लिइएको हो । 

ती पांग्रा शनिबार निगमको दिल्ली उडानका क्रममा लगेर कतार एयरवेजलाई दिइने छ ।

बिहिबार पांग्रामा समस्या आएपछि २५१ यात्रु दिल्लीमै रोकिएका थिए । 

यसअघि टायर पन्चर हुँदा मालीमा पनि निगमको जहाज ९ दिनसम्म रोकिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved