अब लुक्लाको उडान मन्थलीबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 07:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्डयन प्राधिकरणले ‘स्टल रुट’ तयार पारेको छ । तयार भएको स्टल रुट तालिकाअनुसार अब एयरलाइन्स कम्पनीहरुले उपत्यका बाहिर बेस राखेर उडान गर्नेछन् ।

समर सेडुल अन्तर्गत आजसम्म काठमाडौँ–लुक्ला उडान गर्दै आएका कम्पनीहरुले अब भोली शनिबारबाट लुक्ला उडान रामेछाप विमनस्थलबाट गर्ने भएका छन् । मन्थलीमा रहेको विमानस्थलबाट लुक्ला उडान हुनेछ । 

रामेछापबाट लुक्ला उडानमा विदेशीका लागि १५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार २७५ रुपैयाँ, नेपालीका लागि ५ हजार २८० रुपैयाा र स्थानीय यात्रुहरुका लागि ‘प्यासेन्जर चार्टर’ उडानमा प्रति व्यक्ति ७ हजार ५० रुपैयाँ भाडा लाग्छ । 

सिता, समीट र तारा एयरको एक एक वटा जहाजले रामेछापको मन्थली विमानस्थललाई बेस बनाएर लुक्लामा उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved