ब्यागेज व्यवस्थापन गर्ने एयरपोर्टका कर्मचारीलाई ‘खल्ती नभएको’ पोशाक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 07:31:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले यात्रुको ब्यागेज व्यवस्थापनमा खटिने कर्मचारीलाई अब ‘खल्ती नभएको पोशाक’ दिने भएको छ । ब्यागेज तोडफोड तथा यात्रुका सामान चोरीका गुनासाहरु आएको भन्दै क्यानको विमानस्थल कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो । 

अब ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई खल्तीरहित पोशाक उपलब्ध गराइने र यसको सबै प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ब्यागेज व्यवस्थापनका लागि खल्ती नभएको पोशाक नेपाल एयरलाइन्सले उपलब्ध गराउनेछ । 

‘चोरी भयो भनेर कहिले कहीँ कुराहरु आउँछन्, त्यस्तो नहोस् आरोप नआओस् भनेर पकेट लेस युनिफर्मको व्यवस्था गर्न लागिएको हो, यो काम आरए (नेपाल एयरलाइन्स)ले गर्छ’ उनले भने ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्दै आएको छ । सोही अनुसार ब्यागेज व्यवस्थापनमा पनि उसैका कर्मचारी खटिने भएकाले आफ्ना कर्मचारीलाई खल्ती नभएको पोशाक पनि उसैले व्यवस्था गर्नुपर्ने भएको हो ।

बिहीबार त्रिभुवन विमानस्थलमा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैठक राखेरै तत्काल सुधार गर्न भनेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved