पाइलट विरामी हुँदा २६६ यात्रुको दुबई उडान रोकिएपछि निगमले हटायो अपरेशन डाइरेक्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 05:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार साँझ दुबई उड्नुपर्ने विमानका पाइलटले विरामी परेको सूचना दिएपछि २२६ यात्रुको उडान रोकिएको घटनापछि नेपाल वायुसेवा निगमले आफ्नो अपरेशन डाइरेक्टरलाई हटाएको छ ।  अपरेशन डाइरेक्टर आरके शेरचनलाई हटाएर उनको ठाउँमा पाइलट उद्धव घिमिरेलाई ल्याएको हो । 

शेरचनलाई उडानमा पठाइएको र सो ठाउँमा घिमिरेलाई ल्याइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

संवेदनशिल ठाउँमा बसेर पनि वैकल्पिक व्यवस्था गर्न नसकेका कारण उनलाई अपरेशन डाइरेश्टरबाट हटाइएको बुझिएको छ । यसअघि उक्त घटनाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय समिति बनिसकेको छ ।

शनिबार साँझ दुबई उड्नुपर्ने निगमको एयरबस ३३० (वाइडबडी) जहाज पाइटल विरामी परेको सूचनापछि आइतबार बिहान मात्र उडेको थियो । काठमाडौँमा २६६ जना यात्रुको बोडिङ पास भएपछि पाइटल बिरामी भएको सूचना आएर उडान रोकिएको थियो ।

उक्त घटनाको छानविन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका नायब महाप्रबन्धक  जनक कालाखेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् । उक्त समितिमा क्याप्टेन सुरज भण्डारी र नारायण धिताल सदस्य छन्  । समितिलाई प्रतिवेदन बुझाउन तीन दिनको समय दिइएको छ ।

 शनिबार राति साढे १० बजे दिल्लीबाट काठमाडौं फर्केको निगमको वाइडबडी विमान शनिबार राति १२ बजे दुबई उड्नुपर्ने थियो । दिल्लीबाट जहाज ल्याएका क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने कार्य तालिका रहेकोमा उडानको अन्तिम समयमा विष्टको स्वास्थ्यमा समस्या आएको जनाएपछि उडान रोकिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved