प्राधिकरण महानिर्देशक अधिकारीले दिएनन् मन्त्री किराँतीले मागेको स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 11:23:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मागेको स्पष्टिकरण नबुझाएको पाइएको छ। मन्त्रीको अधिकारक्षेत्र नभएकाले स्पष्टिकरण नबुझाएको प्राधिकरणका महानिर्देशक अधिकारीले जनाएका छन्। 

स्पष्टिकरण माग्ने अधिकार मन्त्रीपरिषदलाई मात्र भएकाले मन्त्री किराँतीले सामाजिक संजाल मार्फत मागेको ९ बुंदे स्पष्टिकरणको जवाफ दिरहनु नपर्ने अधिकारीको भनाई छ। एक हप्ताभित्र जवाफ पठाउनुपर्ने गरि मन्त्री किरातीले असार ११ गते मन्त्रिस्तरीय निर्णय गर्दै अधिकारीलाई ९ बुंदे स्पष्टिकरण सोधेका थिए। 

आफुले स्पष्टिकरण नदिएको महानिर्देशक अधिकारीले बिजपाटीलाई बताएका छन्। 'स्पष्टिकरण दिरहनु नपर्ने भएकाले मैले स्पष्टिकरण नदिएको हो' उनले भने। 

आफु क्याबिनेटको निर्णयबाट प्राधिकरणको महानिर्देशकमा नियुक्त भएकाले आफु क्याबिनेटप्रति नै उत्तरदायी हुने अधिकारीको तर्क छ। महानिर्देशक अधिकारीले गोप्य हुनुपर्ने स्पष्टीकरणपत्र सामाजिक संजालमा राखिएकाले त्यसको जवाफ दिरहनु नपर्नेबारे असार ११ गते नै बिजपाटीलाई बताएका थिए। २०७८ माघ १८ गते तत्कालिन पर्यटन मन्त्री प्रेम आलेको प्रस्तावमा अधिकारी प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए ।

संचारउद्यमी तथा व्यवसायीको निजि लगानीको कम्पनीलाई काभ्रेमा कमर्शियल हेलीपोर्ट दिनलाई दिएको निर्देशन नमानेकाले मन्त्री किराँतीले रिस साँधेको बजार चर्चा छ।  गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ र गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) नियमावली २०५२ अनुसार निजि क्षेत्रलाई हेलीपोर्ट संचालन गर्न दिन नमिल्ने प्राबधान छ। 


मन्त्रीले फेसबुकमै स्पष्टिकरण पत्र हालेपछि जवाफ दिईरहनु परेन : क्यान महानिर्देशक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved