४ कम्पनीका हेलिकप्टर ‘ग्राउण्डेड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 05:10:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ४ कम्पनीका हेलिकप्टर उडानमा रोक लगाएको छ । बक्यौता नतिरेको भन्दै सिम्रिक एयरका हेलिकप्टरको उडानमा रोक लगाएको क्यानले थप ३ कम्पनीका हेलिकप्टरको उडान रोकेको हो ।

सिम्रिकसहित माउण्टेन हेलिकप्टर, प्रभू हेलिकप्टर र फिस्टेल एयरका हेलिकप्टरको उडान रोकिएको क्यानले जनाएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यी कम्पनीलाई उद्दार उडानबाहेक अरु उडानमा अनिश्चितकालिन रोक लगाइएको हो ।

क्यानले आर्थिक वर्ष २०७९/०८० को बक्यौताबापत माउण्टेन हेलिकप्टरले ९१ लाख ४६ हजार ९८४ रुपैयाँ, प्रभू हेलिकप्टरले १५ लाख ४० हजार ६७५ रुपैयाँ र फिस्टेल एयरले ६० लाख २४ हजार १६८ रुपैयाँ तिर्न बाँकी रहेको हिसाब देखाएको छ । आजबाट उड्न नपाएको सिम्रिक एयरको भने ४६ लाख ४३ हजार ९ सय बक्यौता बाँकी रहेको क्यानले जनाएको छ ।

‘यी कम्पनीका हेलिकप्टरहरुले रेस्क्यू फ्लाइटबाहेक अरु उडान गर्न पाउँदैनन्, नियम अनुसार असार मसान्तभित्रै बक्यौता क्लियर गर्नुपर्नेमा पटक पटक ताकेता गर्दापनि नतिरेपछि ग्राउण्डेड गर्ने निर्णय भएको हो’ सूचना अधिकारी भुलले बिजपाटीसँग भने, ‘यी ४ हेलिकप्टर कम्पनीले २ करोड १३ लाख भन्दा बढी बक्यौता तिर्न बाँकी छ, नतिरेसम्म उडान अनुमति पाउँदैनन् ।’

विमानस्थल सेवा शुल्क निमावली २०७८ अनुसार बक्यौता तिर्न बाँकी हेलिकोप्टर कम्पनीलाई ‘रेस्क्यू फ्लाइट’बाहेक अरु उडान गर्न अनिश्चितकालका लागि रोकिएको उनले बताए ।

वायुसेवा सञ्चालकहरुले भने क्यानले हवाई उद्योगलाई नै ध्वस्त पार्ने गरी नीतिगत निर्णयहरु गर्न थालेको भन्दै आपत्ति जनाइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved