विमानस्थललाई तस्करमुक्त बनाउँनेबारे देशका महत्त्वपूर्ण अङ्गप्रमुखविच बिशेष छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 04:33:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विमानस्थल सुरक्षा मजबुद बनाउन गठित उच्चस्तरीय सुझाव कार्यदलले आज काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमनसहित सुझाव लिएको छ । राष्टिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा कार्यदलले आज अध्यागमन विभाग, भन्सार विभाग र नागरिक उड्डयन प्राधिकरणसंग छलफल गरेको हो ।

छलफलको क्रममा  विमानस्थल सुरक्षा मजबुद बनाउने विषयमा अध्यागमन विभाग, भन्सार विभाग र नागरिक उड्डयन प्राधिकरणले छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । आजको बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै गृह, अर्थ र पर्यटन मन्त्रालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

खस्किएको सुरक्षा अबस्थालाई थप कडाइ र मजबुत गर्नुपर्ने र सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा छलफल केन्द्रित रहको बताईएको छ ।  मुख्यगरी सुन तस्करकिा घटना बढेपछि तस्करी नियन्त्रण र समग्र सुरक्षा मजबुद बनाउन के गर्न सकिन्छ भनेर सुझाव दिन कार्यदल गठन भएको डिआइजी अर्जुन चन्दले बताए। भन्सार जाँचपासमा प्रहरी सहभागि हुने गरी संयन्त्र बनाउनुपर्ने सुझाव आएको उनले बताए  ।  उनका अनुसार सुझावका आधारमा प्रतिवेदन बनाएर नेपाल सरकारलाई बुझाईने छ ।  

अहिलेसम्म यो सहित कार्यदलले ७ बैठक बसेर सुझाव लिइसकेको छ । अबको १५ दिनमा प्रतिवेदन बुझाउने तयारी कार्यदलले गरेको छ।

गत ३१ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थलको सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । सोहि बैठकले  राष्टिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved