जहाजको टिकटमा भ्याट लगाउने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 05:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एयरलाइन्स कम्पनीको टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले यस अघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसंगै अब एयरलाइन्सको टिकटमा भ्याट लगाउने बाटो खुलेको हो । 

आज सर्वोच्चका न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा  र सुष्मालता माथेमाको संयुक्त इजलाशले यस अघिको  अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो ।

बजेट भाषणमार्फत सरकारले एयरलाइन्सको टिकटमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि यो व्यवस्था कार्यान्वयन नगराउने आदेश माग गर्दै व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यस रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले २०८० साउन १४ गते यो निर्णय तत्काल कार्यान्वयन गर्न आदेश दिएको थियो ।

तर, त्यसपछि आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक दीर्घराज मैनालीले अल्पकालीन अन्तरिम आदेश आदेश खारेजीको माग मागसहित २०८० साउन २८ मा सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले आज दुवै पक्षसँगको छलफलपछि  २०८० साउन १४ गतेको आदेश कायम नरहने भन्दै अर्को आदेश दिएको हो ।

यससँगै, अब एयरलाइन्सको टिकटमा भ्याट लागू हुने बाटो खुला भएको छ । भ्याट जोडिने भएसँगै हवाई भाडा केही महँगो हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved