भदौ ३० बाट नेपालमा भुटान एयरलाइन्सको उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 08:49:32 PM मा प्रकाशित

laxmi  sunrise bank

थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था) ले यसको जानकारी दिएको हो ।

यी उडानहरु भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि साप्ताहिक रुपमा ४ चोटि हुने भएका छन् । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्नेछन् । 

निर्धारित फ्लाईटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुचारु हुने भएको हो । “थन्डर ड्रागनको भूमि” भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडानको शुरुवात गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved