२४ घण्टामा साढे १२ हजारद्वारा ‘हिमालय जेट’को टिकट प्रिबुकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2023 | 10:16:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतबाट संसारका ३३ गन्तव्यमा उडान गर्न लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले टिकट बुकिङ खुला गरेको २४ घण्टामा साढे १२ हजार जनाले टिकट प्रिबुकिङ गराएको जनाएको छ । सेप्टेम्बर ४ देखि ५ सम्म मात्रै २४ घण्टामा ७ हजार ८५३ प्रिबुकिङमार्फत १२ हजार ४४२ यात्रुले टिकट बुकिङ गरेको हिमालय जेटले जनाएको छ । 

यो सँगै, कम्पनीले छोटो समयमा सर्वाधिक यात्रुले टिकट बुकिङ गरेको रेकर्ड अब हिमालय जेटका नाममा कायम भएको दाबी गरेको छ । यात्रुहरुले बेलायतबाट फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, अस्ट्रेलियाको सिड्नी र नेपालको काठमाडौँका लागि टिकट बुकिङ गरेको हिमालय जेटले जनाएको छ ।

अन्तराष्ट्रिय हवाई उडानमा आक्रामक रुपमा प्रस्तुत हुन खोजिरहेको हिमालय जेटले यसअघि डिजिटल ट्रान्फर्मेसनका लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (६ अर्ब ६४ नेपाली रुपैयाँ) मा सम्झौता गरेको छ । 

हिमालय जेटको मूल्यांकन २ खर्ब ६७ अर्ब २० करोड नेपाली रुपैयाँ छ । यसका मालिक नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ हुन् । हिमालय जेटले सेप्टेम्बर अन्तिमबाट नेपालसहित विभिन्न गन्तव्यमा उडान गर्ने लक्ष्य लिएको छ । यसको आधार विमानस्थल (बेस एयरपोर्ट) लन्डनको हिथ्रो विमानस्थल हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved