कम्तिमा ५ जहाज चाहिने भएपछि अब के गर्छन् साना एयरलाइन्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 12:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेर एउटा एयरलाइन्स कम्पनीसँग कम्तीमा ५ वटा जहाज हुनैपर्ने व्यवस्था गरेपछि वायुसेवा प्रदायक कम्पनीहरु तनावमा परेका छन् । 

क्यानले भदौ १५ गते १०औँ पटक एओसीआर संशोधन गर्दै अबको ५ वर्षभित्रमा हरेक वायुसेवा प्रदायक कम्पनीसँग न्यूनतम ५ वटा जहाज हुनैपर्ने व्यवस्था गरेपछि अहिले सञ्चालनमा रहेका केही एयरलाइन्स कम्पनीहरु तनावमा देखिएका हुन् ।

अहिले वायुसेवा सञ्चालन गरिरहेको समिट एयरसँग ४ वटा जहाज छन् । उसले कम्तीमा एउटा जहाज थप गर्नुपर्ने भएको छ । 

त्यस्तै, तारा एयरलाइन्ससँग पनि अहिले ३ वटा मात्रै जहाज छन् । ताराले अब २ वटा जहाज थपेर ५ पुर्याउनुपर्ने छ । यस्तै, सौर्य एयसलाइन्ससँग हाल २ वटा मात्रै जहाज छन् । २ मध्येपनि एउटा मात्रै उडान हुँदै आएको छ । क्यानको नयाँ प्रावधान अनुसार अब सौर्यले ३ वटा जहाज थप गर्नुपर्ने देखिएको छ ।

तर, क्यानले एयरलाइन्स कम्पनीहरुलाई मर्जरको सुविधा दिएको छ । एक आपसमा मर्ज हुन चाहने एयरलाइन्स कम्पनीहरुबीच मर्ज भएर तोकिएको प्रावधान पूरा हुँदा क्यानले त्यसलाई स्वीकार्य हुने जनाएको छ ।

मर्ज होलान् कम्पनी ?

क्यानले मर्जर स्वीकार्य हुने जनाएपनि एयरलाइन्स कम्पनीहरुबीच अहिले मर्जर हुने सम्भावना नदेखिएको यो क्षेत्रका जानकारहरु बताउँछन् । एयरलाइन्स कम्पनीहरु सकेसम्म यो प्रावधान कार्यान्वयन नै नगराउन पहल गर्ने मनस्थितिमा देखिएको हवाई क्षेत्रका एक जना जानकार बताउँछन् ।

‘अहिले ३/४ वटा जहाज भएका कम्पनीलाई ५ वर्षभित्र ५ जहाज पुर्याउन त्यति असजिलो चाहिँ छैन, तर अहिले पर्यटक आगमन खुम्चिएको र बिजनेश नभएको बेलामा सहजै सम्भव पनि देखिँदैन’ ति जानकार भन्छन्, ‘मर्जमा नै जाँदा पनि आफ्नो ब्राण्डको कुरा आउँछ, मर्जमा जानुभन्दा बरु विदेशी कम्पनीसँग १०/१२ वर्ष पूराना जहाज किनेर भएपनि चलाउँ भन्ने पनि आउला । आजको भोली नै यो प्रावधान लागू हुने होइन, ५ वर्षको अवधि छ, यो बीचमा केही होला नि ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved