पोखरा जहाज दुर्घटना मानविय त्रुटीले भएको जाँचबुझ आयोगको निष्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 09:49:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मानविय त्रुटिको कारण पोखरामा यती एयरको जहाज दुर्घटना भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । २०७९ माघ १ गते पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको कारण मानवीय त्रुटी भएको जाँचबुझ आयोगले जनाएको छ ।

उक्त दुर्घटना छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको छाननिब आयोगले मन्त्री सुदन किरातीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटीका कारण उक्त दुर्घटना भएको निष्कर्ष निकालिएको छ । चालकदलको लापरबाहीका कारण दुर्घटना भएको देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार छानबिन प्रतिवेदन बुझाइएको भएपनि अब अन्तराष्ट्रिय उड्डयन संगठनको प्रावधानअनुसार उक्त प्रतिवेदन विभिन्न देशमा पठाइएको छ । आईकाओको प्रावधानअनुसार घटनासँग सरोकार राख्ने विभिन्न देशलाई समेत प्रतिवेदन पठाइएकाले ति सरोकार राख्ने देशहरुबाट प्रतिवेदनका सम्बन्धमा अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक हुनेछ । 

उक्त दुर्घटनाको छानबिन गर्न पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग बनाइएको थियो । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको एटीआर विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved