झण्डै ठोक्किने गरी जबरजस्ती ल्याण्ड गर्ने हेलिकप्टर कारवाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2023 | 03:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले एस३५० हेलिकप्टरको उडान रोकेको छ । सोलुखुम्बु क्षेत्रमा बादलले ढाकेको बेलामा झण्डै ठोक्किने गरी ल्याण्ड गरेको पाइएपछि २ कम्पनीका एस३५० हेलिकप्टरलाई उडानमा रोक लगाइएको क्यानले जनाएको छ ।

सानो हेलिप्याडमा जबरजस्ती ल्याण्ड गरेको देखिएको क्यानले जनाएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ‘क्लाउड’ले ढाकेको बेलामा एक आपसमा झण्डै ठोक्किने गरी बस्न खोज्दै फेरि उड्दै र फेरि बस्न खोज्दै गरेको देखिएकाले २ कम्पनीका एस३५० मोडलका हेलिकप्टरलाई अर्को निर्णय नभए सम्मका लागि उडानमा रोक लगाइएको हो । कम्पनीको नाम भने गोप्य राखिएको छ ।

‘छानबिन भइरहेको छ, रिपोर्ट नआउन्जेल सम्मका लागि उडान रोकिएको हो, कम्पनीको नाम हामीले गोप्य राखेका छौँ’ भुलले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved