भिस्ताराले काठमाडौं–दिल्लीमा हरेक दिन बिहान पनि उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 02:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको भिस्तारा एयरलाइन्सले काठमाडौँ–दिल्ली दैनिक उडान गर्ने भएको छ । भिस्ताराले बुधवारबाट यो रुटमा दैनिक उडान गर्ने भएको हो । 

भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ । भिस्ताराको ए–३२० नेव जहाजमार्फत उडान हुने बताइएको छ । 

एयरलाइन्सको नेपालस्थित कार्यकारी अधिकृत प्रसन्न अधिकारीका अनुसार भिस्ताराको काठमाडौं–दिल्लीको दोस्रो उडान बुधवारबाट सुरु हुनेछ । बिहान १०ः४० बजे जहाज काठमाडौंबाट दिल्लीका लागि उड्नेछ । 

अहिले भइरहेको साँझ ५ बजे हुँदै आएको उडान यथावत् नै रहनेछ ।

बिहानीको उडान भर्न जहाज दिल्लीबाट ७ः४० मा काठमाडौंका लागि उड्नेछ । जहाज काठमाडौंमा ९ः४० मा अवतरण गर्नेछ । काठमाडौंबाट भने दिल्लीका लागि जहाज १०ः४० उड्नेछ । जहाजले दिल्लीमा १२ः१० बजे अवतरण गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved