रामेछाप एयरपोर्टमा हानाहान गर्ने पाइलटको लाइसेन्स निलम्बन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 11:35:06 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थलीस्थित विमानस्थलभित्र एकआपसमा कुटाकुट गर्ने २ पाइलटको लाइसेन्स निलम्बन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले झगडा गर्ने पाइलटहरु क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो । 

प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उनीहरु दूबै जनाको लाइसेन्स निलम्बन गरिएको छ । क्यानले छानबिन पनि सुरु गरेको उनको भनाई छ । पूर्ण छानबिनले उनीहरुको लाइसेन्स नै रद्द समेत गर्न सक्नेछ । 

शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच विमानस्थलभित्रै कुटाकुट भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved