मन्थली एयरपोर्टको ९० मिटर धावनमार्ग विस्तार पनि प्रचण्ड सरकारको उपलब्धिको सूचीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 08:59:30 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकाल सम्हालेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्ना उपलब्धि सार्वजनिक गरे । विकासे अड्डाहरुका नेतृत्वले पनि प्रधानमन्त्री दाहालले कार्यकाल सम्हालेदेखि एक वर्षसम्म भएका काम सार्वजनिक गर्दै गर्दै सबै जस प्रधानमन्त्रीलाई नै दिएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि वर्तमान सरकार गठन भएको १ वर्षको कार्यकालमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका प्रमुख उपलब्धिहरू भनेर ४२ बुँदे उपलब्धि प्रकाशन गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटनदेखि रामेछाप विमानस्थलको स्तरोन्नतिसम्मलाई क्यानले प्रचण्ड सरकार बनेपछिको उपलब्धि भनेको छ । 

‘रामेछाप विमानस्थलमा ८ वटा जहाज पार्किङ्ग गर्न मिल्ने गरी एप्रोन विस्तार तथा ९० मिटर धावनमार्ग विस्तार गरिएको’ भनेर क्यानले उपलब्धिको सूचीमा लेखेको छ ।

रामेछापको मन्थलीस्थित यो विमानस्थलबाट अहिले सिजनल रुपमा लुक्ला उडान भइरहेको छ । निर्माण व्यवसायीसमेत रहेका सांसद एवम् रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले समयमै काम नगरिदिँदा यो विमानस्थलको धावनमार्ग विस्तारको काम निकै ढिलो भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved