काठमाडौँ सहित ३ वटै अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन निजी क्षेत्रलाई दिने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 02:13:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित ३ वटै अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । यी ३ वटै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो । पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ , लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो । 

यस अघि भारतीय अर्बपति गौतम अडानीको अडानी समूहले नेपालका विमानस्थलहरूको व्यवस्थापन गर्न चासो देखाएको खबर सार्वजनिक भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved