अम्बिर बोगटी सिभिल बैंकको अध्यक्ष चयन भएका छन् । संचालक समितिले अध्यक्ष इच्छाराज तामाङको स्थानमा बोगटीलाई नियुक्त गरेको हो । बैठकले सृजना शाक्य (तामाङ) लाई संचालकमा नियुक्त गरेको छ भने तामाङको राजिनामा स्वीकृत गरेको छ ।
वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) लागु भए पछि इच्छाराज तामाङले राजिनामा दिएका हुन् । बाफियाले संसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेको छ ।