सहुलियत कर्जाको लागि छुट्याईयो १३ अर्ब ५९ करोड, कसले पाउँछ यो सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहुलियत कर्जा सुविधा दिनको लागि आगामी आर्थिक बर्षको बजेटमा १३ अर्ब ५९ करोड छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार विपन्नव्यक्ति, दलित तथा सिमान्तकृत समुदायले गर्ने व्यवसायका लागि दिईने सहुलियत कर्जामा थप एक प्रतिशत ब्याज सहुलियत दिईनेछ। 

त्यस्तै कृषि, सहकारी , विदेशबाट फर्केका नेपाली, महिला उद्यमी तथा यस अगाडी कायम सम्पूर्ण शिर्षकका सहुलियत कर्जालाई निरन्तरता दिईएको छ। यी सबै शिर्षकमा सम्बन्धित व्यक्ति तथा संस्थाहरुले सहुलियत कर्जा पाउनेछन। 

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved