नाडेपको नवौं साधारणसभा सम्पन्न, संचालकमा कट्टेल र वाग्ले निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 11:56:50 PM मा प्रकाशित

laxmi sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार रानीबन पार्टी नागार्जुनमा सम्पन्न नाडेपको नवौं एजिएमले आधा दर्जन प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा नयाँ सदस्य चयन गरेको छ। 

सभामा नाडेपका अध्यक्ष पिताम्वर प्रसाद आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको कामना गदैं ग्राहाक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गदैं शेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटीबद्द रहेको बताए। नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरु अझैं लघुवित्त मैत्री होस् भन्ने उनले चाहना व्यक्त गरे। 

नाडेपका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले संस्थाको प्रगतिको लागि योगदान पुर्याउने सबै शेयरधनी, सरोकारवाला तथा नियामकलाई धन्यवाद दिए। नवौं वार्षिक साधारण सभाबाट वार्षिक प्रतिवेदनको लागि विदुर एसोसिएसन्लाई लेखापरीक्षकमा नियुक्ति तथा परिश्रमिक निर्धारण गर्ने प्रस्तव पारित गरेको छ। 

साथै नाडेपको सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा विवेक कट्टेल र सुष्मा वाग्लेलाई निर्वाचित गरेको छ। 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved