एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९ औ एटिएम सेवा संचालनमा ल्याएको छ। किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर श्रेष्ठले संयुक्त रुपमा यस एटिएमको उद्घाटन गरे।
सो अवसरमा बैंकका नायव महाप्रबन्धक राजिब जैनले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए ।
सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका संचालनमा ल्याइएको यस एटिएमको उद्घाटन समारोहमा स्थानीय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको जनाइएको छ।
हाल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।