महालक्ष्मी बिकास बैंकको सेयर कारोबार साउन २९ देखि पुन: सुरु भएको छ। यति डेभलपमेन्ट बैंकसंगको सफल मर्जर पश्चात साउन २९ देखि सेयर कारोबार पुन: सुरु भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यती र महालक्ष्मी मिलेर बनेको 'महालक्ष्मी बिकास बैंक' को एकीकृत कारोबार असार १८ मा भएको हो। पहिलो दिनको सेयर कारोबारमा महालक्ष्मी विकास बैंकको सेयर मुल्य प्रति कित्ता २१ रुपैयाँले बढेर २४० पुगेको छ।
यतिसँग १:१ को स्वाप अनुपातमा मर्ज भएको महालक्ष्मीले गत आर्थिक बर्ष ७० करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५३ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ७ करोड रहेको छ।