सिद्धार्थ बैंकको शाखा बट्टार, चरिकोट र बागलुङ्गमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 06, 2017 | 05:47:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले मंसिर २० गते बुधबार नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ। 

उक्त स्थानमा शाखा कार्यालय संचालनमा आएसंगै यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्थ रहेको छ । 

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी पोओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

बैंकले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ७८ अर्ब ४६ करोड निक्षेप संकलन गरि ७१ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ। सोहि अवधीमा बैंक ८६ करोड संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved