कुमारीको कमालको प्रगति, मेगाको सन्तोषजनक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 27, 2018 | 09:12:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको वित्तीय बिबरण प्रस्तुत गरेको छ। टुरिजम डेभलपमेन्ट बैंकसंगको मर्जर प्रक्रियालाई अन्तिम रुप दिई एकीकृत कारोबारको लागि राष्ट्र बैंकबाट अनुमतिको पर्खाईमा रहेको मेगाले यस अवधीमा ६ प्रतिशतले खुद मुनाफा बढाएर ३७ करोड ९ लाख पुर्याएको छ। 

बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानीमा सामान्य सुधार आउँदा खुद मुनाफामा सुधारिएको प्रगति देखिएको हो। यद्दपी  ब्याज खर्च, कर्मचारी खर्च तथा जोखिम वापतको व्यवस्थापन खर्च बढेकाले अपेक्षा गरेअनुसार बैंकको खुद मुनाफा नबढेको हो। 

यस अवधिमा बैंकले ४५ करोड ५७ अर्ब निक्षेप संकलन गरि ४० अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनमा बैंकको निक्षेप र कर्जा प्रवाहमा क्रमश १८ र १९ प्रतिशतको वृद्धि देखिएको छ।

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलनमा वृद्धि गर्न नसक्दा बैंकको सिसिड़ी रेसियो ७९.३७ प्रतिशत पुगेको छ। बैंकलाई थप कर्जा प्रवाह गर्नका लागि अब निक्षेप संकलन तर्फ केन्द्रित हुनुपर्नेछ। यस अवधिमा बैंकको कोषको लागत ४.४७ प्रतिशतबाट बढेर ७.५८ प्रतिशत पुगेको छ । बैंकको आधार दर नै १०.९६ प्रतिशत छ ।      

यता बैंकको कर्जा प्रवाहको दर बढेसंगै खराब कर्जा अनुपात समेत ०.६७ प्रतिशतबाट बढेर ०।९६ प्रतिशत पुगेको छ। जस कारण बैंकले प्रोभिजनको रकम १३ करोडबाट बढाएर २० करोड पुर्याएको छ। जसले गर्दा बैंकको खुद मुनाफा प्रभावित बनेको हो। 

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब आफैं पुर्याउने बाटोमा रहेको मेगाको चुक्ता पुंजी यस अवधिमा ७ अर्ब ३७ करोड छ भने जगेडा कोषमा १ अर्ब ६७ करोड छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ९.४५ प्रतिशत बोनस सेयर वितरण गरि चुक्ता पुंजी ८ अर्ब ७ करोड नाघ्नेछ। त्यसमा पनि टुरिजमलाई प्राप्ती पश्चातको एकीकृत कारोबारपछि मेगाको चुक्ता पुंजी १० अर्ब नाघ्नेछ भने मुनाफा पनि बढ्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved