नेपाल एसबीआई बैंक सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 08:09:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसरमा गरिएको कार्यक्रममा बैंक सम्मानित भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रशंसापत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved