जनता बैंकद्धारा भारतबाट रेमिट्यान्स सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 30, 2018 | 04:06:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले भारतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत भारतमा रहेका ग्राहकहरुले रेमिट्यान्स सेवा प्राप्त गर्न सक्नेछन् । 

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच भएको संझौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत आफ्नो खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोवारको लागिएक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने बैंकले जनाएको छ । यसरी पठाईएको रकम जनता बैंकको १२६ शाखा सहितसम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । 

बैंकले हाल १२६ शाखा, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved