गरिमाको नयाँ योजना: मासिक १० हजार बचत गर्दा १८ वर्षपछि एकमुष्ट ५० लाख पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 01:29:35 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले बालबालिकाहरुलाई लक्षित गर्दै “सुनौलो भविष्य बाल निक्षेप योजना” ल्याएको छ । यस योजना अन्तर्गत न्युनतम ५ सयमा खाता खोलेर निक्षेप योजना भरी मुद्दतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिने बैंकले जनाएको छ ।

यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ। यस योजना अन्तर्गत हरेक महिना बचत गर्दा  प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाईरहने बैंकले जनाएको छ।

बैंकका अनुसार खातावालाले आफू नागरिकता लिएर सम्बन्धित शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुनेछ । आवश्यक परेको खण्डमा बचतको ८० प्रतिशतसम्म कर्जा सुविधा लिन पनि सकिने र समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुने बैंकले जनाएको छ ।  

उदाहरणको लागि मासिक १० हजार जम्मा गर्ने ग्राहकले योजना अन्तर्गत १८ बर्षको लागि खाता खोलेर औषत ९% ब्याज पाउने हुँदा योजना अबधि पश्चात् एकमुष्ठ करिब ५० लाख पाउँन सक्ने बैंकले जनाएको छ । यसमा शर्तहरु भने लागु हुने बैंकले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved