कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 07:07:09 PM मा प्रकाशित

laxmi bank

नेपाल बैंक Nepal Bank Limited  ले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरु गरेको छ । बैंकले पुस ४ मा मोडेल कलेज सुर्खेतमा, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा, र अमरदीप क्याम्पसमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

 बैंकले मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदिप क्याम्पसको सहकार्यमा बिधार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको जनाएको छ। बैंकका अनुसार उक्त कार्यक्रमहरुमा करिब ३०० बिद्यार्थीहरु सहभागि भएका थिए ।

उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । बैंकको जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पुस ८ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

८५ औ बर्ष प्रवेश गरेको बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई सेवा प्रदना गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved