शेयर बजारमा सामान्य गिरावट, वित्त र लघुवित्त कम्पनीमा आकर्षण कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 03:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।साताको  चौथो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । यो दिन नेप्से ०.२१ अंकले घटेर १ हजार ९६०.६१ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सामान्य अंकले बढेको थियो ।

 यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले घटेर ३४९.४० विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०५ वटा कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो कारोबार अघिल्लो कारोबार दिन मंगलबारभन्दा बढी हो । केहि दिन यतादेखि शेयर कारोबारमा घटबढ हुँदै आएको छ । 

नेप्सेमा रहेका १३ उपसमूहमध्ये वित्त, जलविद्युत, लघुवित्त र व्यापार उपसमूह बढेका छन् भने अन्य उपसमूह राताम्मे भएका छन् । यो दिन सबैभन्दा बढी पनि विकास बैंक उपसमूह ०.३१ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन सबैभन्दा बढी वित्त उपसमूह ३.११ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्त उपसमूह २.७६ प्रतिशतले बढेको छ । व्यापार उपसमूह ०.१५ प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन सबैभन्दा बढी अन्य उपसमूह १.१५ प्रतिशतले घटेको छ । यसका साथै उत्पादन तथा प्रोसेसिङ उपसमूह भने १.०९ प्रतिशतले घटेको छ ।

बढी कमाउने र गुमाउने कम्पनीहरु

यो दिन सर्वाधिक कमाउने कम्पनीमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । त्यस्तै यो दिन डोल्टी पावरको शेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । 

उता यो दिन  पनि समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.६७ प्रतिशतले बढेको छ  । यसैगरी, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ ।

उता, कुमारी सबल योजनाको इकाई मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै मैलुङ खोला हाइड्रोपावरको शेयरमूल्य ३.६९ प्रतिशतले घटेको छ ।यसैगरी, आरबीबी म्युचुअल फण्ड १ को इकाई पनि ३.१८ प्रतिशतले घटेको छ ।

 यो दिन कारोबारका आएका कम्पनीहरु मध्ये सर्वाधिक कारोबार फस्र्ट माइक्रोफाइनान्सको भएको छ । उक्त कम्पनीको १० करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

त्यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उता हिमालयन डिष्टीलरीको भने ५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved