बीमा कम्पनी मध्ये हिमालयन लाइफले दिन्छ सर्वाधिक रोजगारी, कुनमा कति कर्मचारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 01:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कार्यरत बीमा कम्पनीहरुमा हाल ११ हजार १९७ जना कर्मचारी छन् । जीवन  बीमा र निर्जीवन बीमा गरी २८ वटा बीमा कम्पनीमा ११ हजार १९७ जना कर्मचारी रहेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीमा धेरै कर्मचारी छन् । जीवन बीमकमा ५ हजार ६४० जना कर्मचारी कार्यरत छन् भने निर्जीवन बीमकमा ५ हजार ५५७ जना कर्मचारी कार्यरत छन् । 

जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै हिमालयन लाईफमा ७६८ जना कर्मचारी कार्यरत छन् । त्यसैगरी, नेपाल लाइफमा ६५७, सूर्यज्योतिमा ५७०, नेशनल लाईफमा ५१० जना कर्मचारी छन् । 

यसैगरी, सानिमा रिलायन्समा ४६२, एशियन लाइफमा ४३० र प्रभु महालक्ष्मीमा ४०५ जना कर्मचारी छन् । 

यता निर्जीवन बीमातर्फ सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा छन् । सलिकोमा ६४८ जना कर्मचारी कार्यरत रहँदा शिखर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा क्रमशः ६४२ र ६२२ जना कर्मचारी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

यसैगरी, नेको इन्स्योरेन्समा ५६२, यूनाईटेड अजोडमा ५४० र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ४९२ जना कर्मचारी छन् । 

कुन बीमा कम्पनीमा कति कर्मचारी ? तालिकामा हेरौं

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved