सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुकुमको चुनवाङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 02:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले आफ्नो ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा रुकुम जिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्वमा संचालनमा ल्याएको छ। सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

बैंकले  १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved