सेन्चुरी कमर्शियल बैंकका संचालक निरौलाले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 12:22:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकका संचालक रमेश कुमार निरौलाले पदबाट राजिनामा दिएका छन् । साउन २६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

हाल सेन्चुरी बैंक प्रभु बैंकमा गाभिने प्रक्रियामा रहेको छ । मर्जर तथा प्राप्तिको लागि १:१ को प्रारम्भिक स्वाप तय भएको छ । अन्तिम स्वाप भने डिडिए रिपोर्ट अनुसार तय हुने बताईएको छ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् । सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् । 

 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved