तीजको अवसरमा सानिमा बैंकको अफर, डिम्याट खाता निशुल्कदेखि क्यास ब्याकसम्मको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 02:55:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले हरितालिका तीजको अवसरमा  नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर –कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।

साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार यस बाहेक पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ। यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने र  क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved