नेपाल बैंकका नवनियुक्त अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 08:55:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले  सपथ लिएका छन् ।  नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट  उनलेअध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।  बैंकको सञ्चालक समितिको श्रावण २३ गतेको बैठकबाट ज्ञवाली अध्यक्ष पदमा चुनिएका थिए ।  

बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै गर्भनर महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन्। साथै, उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिएका छन्।  

 नव नियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त  गरे। उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे  ।  

उक्त कार्यक्रममा नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिनुहुँदै प्रमुख कार्यकारी अधिकृत  कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved