३५ प्रतिशतले बढेर १०८ अर्ब ८२ करोड पुग्यो वाणिज्य बैंकको प्रोभिजन, कुनको कति?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 09:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुको ‘लोन लस प्रोभिजन’ ३५ प्रतिशतले बढेको छ। बैंकहरुले साउनदेखि कार्तिसम्मको ४ महिनामा कुल १ खर्ब ८ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन गरेका हुन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६७ प्रतिशत अर्थात २८ अर्ब ६१ करोड ५१ लाख बढी हो।

गत आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा बैंकहरुको यस्तो प्रोभिजन रकम मात्रै ८० अर्ब २१ करोड ३६ लाख रुपैयाँ थियो। सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुको यस्तो रकम असोजसम्म १ खर्ब ८ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्ष देखि नै प्रोभिजन रकम बढ्दो ग्राफमा थियो। आर्थिक गतिविधिमा आएको संकुचन राष्ट्र बैंकले सुपरिवेक्षणमा कडाई गरेको कारण पनि प्रोभिजन रकम थप देखिएको छ। साथसाथै व्यावसायीहरु यतिबेला ब्याजदर वृद्धिको विरोध उभिएका छन्। उनीहरु अहिले कर्जा तिर्ने पक्षमा छैनन् । फलस्वरुप पनि बैंकहरुको प्रोभिजन रकम बढेको हो। 

एकातर्फ आर्थिक संकुचनको कारण ऋणीहरुले कर्जा तिर्न सकिरहेका छैनन्। व्यवसायमा संकुचन आएसँगै तिर्न चाहेर पनि कतिपय व्यावसायीहरु कर्जा चुक्ता गर्न नसकेको देखिन्छ। कतिपय ऋणीहरु भने उद्योगीव्यावसायीहरुको आन्दोलन र विरोधको निष्कर्ष कुरेर बसेका छन्। केही हदसम्म ब्याज छुट पाईन्छ वा पुर्नकर्जा पाईन्छ कि भन्ने अपेक्षामा तिर्न सक्ने क्षमता राख्दाराख्दै पनि कर्जा चुक्ता गरेका छैनन्। जसले गर्दा बैंक तथा वित्तीय संस्थाले प्रोभिजन गर्नु पर्ने बाध्यता छ। 

अर्काेतर्फ राष्ट्र बैंकले सुपरिवेक्षण चालु आर्थिक वर्षको सुरुदेखि नै कडाई गरेको छ। राष्ट्र बैंकले गत बर्ष कर्जाको भाका नाघेको ६ महिनासम्म कारबाहिको प्रक्रिया अगाडी नबढाउन निर्देशन दिएको छ। यसले गर्दा ऋणीहरुलाई केही सहजता हुनुका साथै थप तीन महिना कर्जा चलाउन सहज भएको छ। यता बैंकहरुले पहिला ३ महिनापछि कारबाहि पक्रिया अगाडी बढाउँदै आएकोमा अहिले ६ महिना कुर्नुपर्ने हुन्छ। बीचको तीन महिना कर्जाको २५ प्रतिशत प्रोभिजन गरिरहेका छन्। यता राष्ट्र बैंकले यो वर्षको सुरुदेखि नै सुक्ष्म निगरानिमा रहेको कर्जामा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने विषयलाई समेत कडाई गर्दै आएको छ। जसले गर्दा प्रोभिजन रकम बढी देखिएको छ। कुल प्रोभिजनमा तीन देखि ६ महिना कमसल कर्जा बापतको प्रोभिजन रकम बढी भएको र अन्तिम घडिमा उठ्दै आएको नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बताउँछन्। ‘राष्ट्र बैंकले यसमा व्यावसायीलाई सहज बनाईदिएको छ। यो समयको माग पनि हो। त्यसैले केही ऋणीले यसमा समय लम्बाएका छन्।’ उनले भने, ‘अन्तिम घडीमा तिरेका छन्, यो राइट ब्याक भएर आएको छ।’

प्रोभिजन रकम बढेपनि अहिले डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ। ‘व्यवसायीले तिर्न नचाहेर वा भागेर नतिर्दा समस्या हो’ उनले भने, ‘तिर्ने क्षमतामा पनि कमि आएर नतिरेका हुन्। यो रिकभर हुन्छ। लङटर्मलाई अहिले बजारमा हल्ला चलेजस्तो नकरात्मक प्रभाव पार्दैन।’ यो अवस्था बैंकहरु सर्तक हुनु पर्ने देखिएपनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनको बुझाई छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि कर्जा प्रवाह गरेपछि नोक्सानी व्यवस्था गरेको छ। असल कर्जा र सुक्ष्म निगरानीको कर्जामा क्रमशः १ र ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ। यो बैंकहरुले ऋणीअनुसार व्यावस्था गर्छन्। तर कर्जाले भाका नाघेको तीन देखि ६ महिना अवधि भएको कर्जा(कमशल)मा कुल कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। शंकास्पद कर्जा अर्थात भाका नाघेको ६ देखि बढीमा १ वर्षसम्म भएको कर्जा रकमको ५० प्रतिशत र कर्जाले भाका नाघेको १ वर्ष बढि भएमा त्यो कर्जा खराब कर्जामा गनिन्छ। जसमा सत प्रतिशत नै प्रोभिजन गर्नुपर्ने हुुन्छ। 

 ३ बैंकको घट्दा कुन बैंकको प्रोभिजन रकम कति?

तीन बैकको प्रोभिजन रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। राष्ट्रय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र बैंक अफ काठमाडौको प्रोभिजन रकम घटेको छ। अर्थात ‘प्रोभिजन’ ब्याक गर्न सफल भएका छन्। 

यो अवधिमा सबैभन्दा बढी प्रोभिजन रकम नविल बैंकको रहेको छ। नविलको प्रोभिजन रकम ९७ प्रतिशले बढेको छ। गत वर्षको समिक्षा अवधिमा मात्रै ४ अर्ब २२ करोड प्रोभिजन रकम भएको नविलको यो वर्षको कार्तिकसम्म आउँदा यस्तो रकम ८ अर्ब ३४ करोड पुगेको छ। साथै नविल बैंकले यो वर्ष नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेको छ। नेपाल बंगलादेश बैंकको गत वर्षको समिक्षा अवधिमा यस्तो रकम २ अर्बको नजिक थियो। 

हेर्नुस् कुन बैंकको प्रोभिजन कति  ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved