मर्जरपछि इन्भेष्टमेन्ट र मेगाको एकिकृत कारोबार पुस २७ बाट, २ दिन सेवा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 10:59:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक र  मेगा बैंक एक आपस मर्ज भई पुस २७ गते बुधबारबाट एकिकृत कारोबार हुने भएको छ । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस २१ गते  मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार २७ गते बुधबारदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरबारमार्गमा  रहने छ ।

 एकिकृत कारोबार शुरू गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि पुस २५  गते सोमबार र पुस २६ गते मंगलबार दुवै बैंकका केन्द्रीय कार्यालय र शाखा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द रहने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved