विदेशमा शेयर तथा घर जग्गामा लगानी नगर्न राष्ट्र बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 02:47:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  विदेशमा  लगानी गर्न प्रतिबन्ध रहेको विषय पुन: स्मरण गराएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशमा  लगानी गर्न प्रतिबन्ध रहेकोले विदेशमा लगानी नगर्न नगराउन आग्रह गरेको हो।

विभागका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १०क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ। सोही ऐनको दफा ९ग ले राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।

सोहि ब्यबस्थालाई स्मरण गर्दै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घर-जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार ( सो सम्बन्धी प्रचार-प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु / नगराउन आग्रह गरेको हो ।

 त्यस्तो कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved