विश्व नै आर्थिक मन्दीमा गयो भने नेपालको बैंकिङ्ग प्रणालीमा पनि समस्या आउँछ: अध्यक्ष केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 03:36:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व अर्थतन्त्र नै मन्दीमा गएमा त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पर्ने बैंकर्सहरुले बताएका छन् । मंगलबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मन्दीको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने बताएका हुन्  ।

उनले विश्वमा आर्थिक मन्दी हुनसक्ने बताउँदै त्यसको प्रभाव नेपालका सबै आर्थिक गतिविधि हुँदै बैंकिङ्ग क्षेत्रमा पर्ने गराए। ‘विश्वमा नै ब्याजदर, इन्फ्लेशन(महँगी) बढ्दै गएको छ। अब ग्लोबल्ली एक किसिमको रिसेसन आउँन सक्ने सम्भावना हामीहरुले देखिरहेका छौँ।’ उनले भने, ‘यसको प्रभाव नेपालमा स्वत पर्छ।’ 

उनका अनुसार विश्व मन्दीमा गयो भने रेमिट्यान्स, पर्यटन, विदेशी लगानी, वैदेशिक सहयोगमा समेत कमि हुन गई पुनः नेपालको बैंकिङ्ग प्रणालीमा समस्या आउँछ। अहिलेको अवस्था र बाह्य मुलुकमा देखिएका आर्थिक गतिविधिको परिदृश्यलाई अवलोकन गर्दा तत्कालै ब्याजदर कमि नहुने उनको धारणा छ। 

उनले विश्वका अन्य मुलुकको तुलनामा नेपालको ब्याजदर अत्याधिक नबढेको समेत जिकिर गरे। ‘अमेरिकाको ब्याजदर पहिला १ प्रतिशत भन्दा कम थियो अब ५ प्रतिशत पुग्ने देखिएको छ, यो पछिल्लो आठ महिनामा हेर्दा त्यहाँ २÷३ प्रतिशतमा ल्याएको ब्याजदर अब ८ मा चल्न थालेको छ।’

यो अवस्थामा नेपालको बेश रेट १ प्रतिशतले बढ्दा पनि बढी होहल्ला भएको उनको भनाई छ। सहज हुँदा बैंकहरुले समयसापेक्ष परिर्वतन गरेको बताए। ‘बैंकिङ क्षेत्रमा पुसमा डिपोजिट बढेको थियो। महँगीमा पनि केही सुधार भयो। त्यसैले निक्षेपको ब्याजदर घटायौँ। बैंकहरुले आवश्यक पर्दा समयमै निर्णय गर्न सक्छन्,’ केसीले भने, ‘यद्यपी बैंकले यो पटक परिस्थिति भन्दा एक कदम अघि बढेर ब्याज घटाउने निर्णय गरेको हो।’

व्यवसायीहरुले आन्दोलन गरेर वा दबाब दिएर बैंकहरुले तत्कालै कर्जाको ब्याजदर घटाउने अवस्था नरहेको केसीले बताए। ‘राष्ट्र बैंकको नियम अनुसार निक्षेपमा ब्याज घटाउँदा आगामी बैशाखदेखि मात्रै कर्जाको ब्याज घटाउन मिल्छ। अहिले नै कर्जाको ब्याजदर घटाउने सम्भावना छैन।’

उनले बैंकहरुले बढी ब्याजदर लिए, बढी नाफा कमाए भनेर भन्नु तर्कसँगत नभएको पनि जिकिर गरेका छन्। १० वर्ष अगाडी २५ प्रतिशतको हाराहारीमा रिटर्न अन इक्युटी(आरओई) रहेका बैंकहरुको अहिले ११ प्रतिशत हाराहारी मात्रै भएको कारण बैंकहरुको नाफा तिव्र दरमा घटेको इनले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved