स्मार्टच्वाईस टेक्नोलोजिज र वाणिज्य बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 08:26:14 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा 'क' वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी यूपीआई (SCT - UPI ) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको दुवै कम्पनीले जनाएका छन् ।

बैंकका अनुसार यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ ( SCT-UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी यूपीआई (SCT - UPI ) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce) जस्ता सेवा सजिलै लिन सक्ने छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved