तरलता सहज पार्न बजारमा २० अर्ब पठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 06:09:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भोलि अर्थात् चैत्र २३ गते रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ।  तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी बैशाख ७ गते परिपक्व हुने रु २० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन्। बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड कबुल गरेर बोलकबोल पक्रियामा सहभागी हुन सक्ने छन् ।  बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्ने गरेको छ । 

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ । खुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved