'बैंकहरुले तरलता समस्याको लागी मात्र एसएलएफ प्रयोग गरेको यकिन हुन सकिएन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 05:37:13 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखापरिक्षकको कार्यालयले बैंकहरुले एसएलएफ सुविधा दुरुपयोग गरेको आशंका गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा बैंकहरुले तरलता समस्या समाधानमा मात्र एसएलएफ सेवा प्रयोग गरेकोमा यकिन हुन नसकिने उल्लेख गरिएको छ

स्ट्यान्डिङ्ग लिक्विडिटी फेसिलिटी (एस.एल.एफ.) शिर्षक अन्तर्गत प्रतिवेदनमा भनिएको छ ' - बैङ्क तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन, र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैङ्कले २०७८ ।७।२९ मा जोखिम व्यवस्थापनसम्बन्धी  निर्देशिका जारी गरेको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई २०७६।७७ मा ८३ पटकमा रू.१ खर्ब ३ अर्ब, २०७७।७८ मा १६७ पटकमा रू. ३ खर्ब ६१ अर्ब र २०७८ । ७९ मा ४ हजार ९०८ पटकमा रू.९१ खर्ब ७० अर्ब एस. एल. एफ. सुविधा प्रदान गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको जनाए तापनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एस. एल. एफ. को सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिँदैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved