सिटिजन्स बैंकद्वारा दुई संस्थालाई छात्रवृत्ति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 08:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रूस् दुई लाखको चेक हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा उपलक्ष्यमा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । संस्थाका संचालक राज कुमार पुन लाई बैंकले चेक हस्तान्तरण गरेको हो । बेबी लाईफ होममा रहेका २७ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक पुनले जानकारी दिए । 

त्यसै गरिबैंकले कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत श्री चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा  तह   र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरिएको बैंकले जनाएको छ ।

बैंकले १८२ वटा शाखा,  १३९  वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।                                                         


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved