सिटिजन्स बैंक द्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 09:40:42 PM मा प्रकाशित

laxmi sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बाल विकास समाजलाई आर्थिक सहयोग स्वरुप डेढ लाख सहयोग गरेको हो।

बैंकले आफ्नो सोह्रौं वार्षिकोत्सवको अवसर पारेर संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।  बैंकले संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मा लाई चेक हस्तान्तरण गरेको हो।   बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका कार्यक्रम इन्चार्ज विश्वकर्माले जानकारी दिए । 

बैंकले १८२ वटा शाखा,  १३९  वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved