खुमलटारमा नेपाल बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 06:27:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा स्थापना गरेका हुन्। 

 कार्यक्रमका बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गर्दै खुमलटार शाखा खोलिएको बताए। उनले ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटार लगायत सम्पुर्ण ललितपुर महानगरपालिकाबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक आएको बताए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा  रहेको ललितपुर महानगरपालिकामा नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको खुमलटार शाखाको आगमनको संयोगले खुमलटार र सम्पुर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमङ्ग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको धारणा राखे।

बैंकले २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved