कुराको लागि मात्रै कुरा हुन्, मौद्रिक र बित्त नीतिमा कुनै 'झगडा' छैन : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:26:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक र बित्त नीतिमा कुनै पनि प्रकारको बेमेल र मनमुटाव नरहेको स्पष्ट पारेका छन्। बुधबार अर्थसमितिले डाकेको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गभर्नरले यस्तो बताएका हुन्। 

आफुहरुले मौद्रिक नीतिको कार्यन्वयनमा कहीं कतै पनि सम्झौता नगरेको बताउदै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीच समन्वयको लागि राम्रो मेकानिजम रहेको समेत दाबि गरे। 

नेपाल राष्ट्र बैकको संचालक समितिमा बहुमत सदस्यको उपस्थिति हुँदाहुँदै पनि संचालक समिति सदस्य रहेका अर्थसचिवलाई पनि पर्खेको बताउदै उनले यो नै अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच राम्रो समन्वय भएको उनले बताए। 

"मौद्रिक नीतिको समिक्षा पारित गर्नलाई राष्ट्र बैंक संचालक समितिमा बहुमत सदस्य छौं तर विदेश हुनुभएका अर्थसचिवको पनि उपस्थित होस् भनेर नै हामीले उहाँलाई पर्खेका छौँ" गभर्नर अधिकारीले भनेका थिए, "यो नै अर्थ र राष्ट्र बैंकबीच समन्वय राम्रो छ भन्ने संदेश हो।"

नेपाल राष्ट्र बैंकमा रहेको अर्को समिति 'मोनिटरी इन्टरभेन्सन कमिटि' बिशुद्द राष्ट्र बैंकको क्षेत्रीय अधिकार भित्रको हुँदाहुँदै पनि त्यसमा समेत राष्ट्र बैंकले  अर्थमन्त्रालयको भूमिका खोजेकोले अहिले बजारमा भनिए जस्तो समन्वय नभएको भन्ने कुरा गलत भएको गभर्नर अधिकारीले स्पष्ट पारे। 

मौद्रिक र बित्त नीति बीच समन्वय नभएको कुनै पनि बुँदा आफुहरुले नभेटेकाले अर्थ र राष्ट्र बैंकबीच समन्वय छैन भन्नु बजारमा कुराको लागि कुरा मात्रै भएको समेत गभर्नर अधिकारीले बताएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved