एनएमबि बैंकले पनि घटायो ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 11:09:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गते आजदेखि लागू हुने गरी निक्षेप तर्फको ब्याजदर घटाएको हो ।

सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म ब्याज दिने भएको छ । यसअघि बैंकको यस्तो ब्याजदर न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म थियो ।

त्यस्तै बैंकले मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १० वर्ष माथिको मुद्दति निक्षेपको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र व्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोकेको हो । मंसिरमा बैंकको यस्तो ब्याजदर संस्थागततर्फ ७.७६ प्रतिशत र व्यक्तिगततर्फ  ९.७६ प्रतिशत थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved