सिटिजन्स बैंकको 'आलेप' जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 04:19:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण (आलेप) गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकको नारायणहिटीपथस्थित प्रधान कार्यालयमा आज आयोजित एक समारोहकावीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहन राज काफ्लेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानून तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले सम्पादन गर्ने बैंकले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved