राष्ट्र बैंकमा ६७ जनाको लागि जागिर खुल्यो: १२ पासलाई पनि अवसर, केहि परीक्षा प्रदेशबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 08:54:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  ६७ वटा पदमा पदपुर्तिका लागि शुक्रबार विज्ञापन खुलाएको छ। राष्ट्र बैंकले प्रशासनतर्फ अधिकृत तृतीय र सहायक द्वित्तीय तथा  प्राविधिकतर्फ पनि अधिकृत तृतीय र सहायक द्वित्तीयको लागि विज्ञापन खुलाएको हो । कुल ६७ जनाको लागि विज्ञापन खुलेको छ। 

सहायक निर्देशकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने प्रविधिकतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यस्तै सहायक द्धितीयकालागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहमा प्लस टु वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । यसपाली राष्ट्र बैंकले केहि परीक्षा प्रदेशगत रुपमा दिन सकिने गरी व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक योग्य नेपाली नागरिकले पुस २६ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ १० गतेसम्म आवेदन दिन सकिने छ । राष्ट्र बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिनु पर्ने छ । 

बिजपाटी डटकमले बिहिबार नै शुक्रबार राष्ट्र बैंकले विज्ञापन खुलाउने र प्रदेशबाट पनि परीक्षा दिने व्यवस्था हुने सहितको समाचार प्रकाशन गरेको थियो ।


हेर्नुस् सूचना : 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved